राजधानीमा आयोजीत पत्रकार सम्मेलनमा संस्थाले राजतन्त्र पुर्नस्थापनाकालागि राजधानी केन्द्रीत सडक संघर्षको घोषणा गरेको हो । १२ चैत्र (शुक्र...

news

भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस



ff462f39-ef29-4e07-9060-f77371168303
राजधानीमा आयोजीत पत्रकार सम्मेलनमा संस्थाले राजतन्त्र पुर्नस्थापनाकालागि राजधानी केन्द्रीत सडक संघर्षको घोषणा गरेको हो । १२ चैत्र (शुक्रबार)बाट राजधानीमा गणतन्त्रका विरुद्ध र राजतन्त्र पुर्नबहालीको पक्षमा विरोध सभा हुने भएको छ । शुक्रबार ३ बजे न्यूरोडको पिपलबोटमा भेला भएर विरोध सभा गरिने बताइएको छ ।
पत्रकार सम्मेलनमा संस्थाका अध्यक्ष पशुपति खड्काले गणतन्त्र विदेशीले लादेको एजेण्डा भएको भन्दै त्यसलाई कुनै पनि हालतमा विस्थापित गरे नेपाली माटो सुहाउँदो राजसस्थाको पुर्नस्थापनाकालागि आफुहरु कुनै पनि बलिदानी दिन तयार रहेको स्पष्ट पार्दै आवश्यक परे हतियार उठाउने घोषणा गरे ।
उनले भने,‘जनआन्दोलनको एजेण्डा अर्कै थियो । जवरजस्ती जनभावना विपरित गणतन्त्र ल्याइयो । यसले एउटा द्धन्दको अन्त्यको नाममा अर्को द्धन्दको विऊ रोपेको छ । नेपालको माटो सुहाउँदो ब्यवस्था भनेको राजासहितको प्रजातन्त्र हो । त्यसको स्थापनाकोलागि हामी जस्तो सुकै बलिदान दिन पनि तयार छौ ।’
उनले थपे,‘मरिसकेको संसदीय ब्यवस्था त पुर्नस्थापना भयो भने राजतन्त्रत अहिले मुर्छित भएको, निदाएको र ईन्जेक्सन लगाएर बेहोस बनाएको अवस्थामा मात्रै छ । पुर्नस्थापना हुन्छ हुन्छ ।’
महासचिव कृष्ण थापाले चैत्र १२ गतेको विरोधसभापछि जेठ १५ भित्र राजतन्त्र पुर्नस्थापना गर्ने गरी जनमत तयार गर्न राजधानी केन्द्रीत कार्यक्रमलाई तिब्रता दिन लागेको जानकारी दिदै राजतन्त्रलाई पाँखा लगाएर निर्माण गरिएको संविधान कार्यान्वयन हुनै नसक्ने ठोकुवा समेत गरे ।
- See more at: http://www.lightnepal.com/7483#sthash.MGsgktN5.jk9EetXg.dpuf

भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

0 comments: