भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस
नेपाल लगायत संसारका धेरै मुलुकमा दुईटा श्रीमति ल्याएको खण्डमा बहुविबाहको मुद्धा लाग्छ । श्रीमतीको मन्जुरीबीना गरेको दोश्रो बिवाहका कारण धेरै बर्ष जेल सजाय पनि खानु पर्दछ ।
तर यसको ठिक बिपरित अफ्रिकी राष्ट्र इरिट्रियामा भने एक व्यक्तिले दुईवटा विवाह नगरे जेलको सजाय भोग्नु पर्ने हुन्छ भन्दा धेरैले नपत्याउलान् । यो कुरा साँचो र सत्य हो ।
इरिट्रिया सरकारले हरेक पुरुषले दुइओटा विवाह गर्नैपर्ने र विवाहपछि पहिलो श्रीमतीले आपत्ति जनाएमा दुवैलाई जेल सजाय हुनसक्छ । तर यसो गर्नुमा इरिट्रिया सरकारको बाध्यता छ ।
सरकारको वयान अनुसार समय समयमा हुने गृहयुद्वका कारण देशमा पुरुषको भन्दा महिलाको संख्या धेरै भएपछि महिलाको सुरक्षाका लागि पुरुषले दुईओटा विवाह गर्नु जरुरी ठानिएको हो सन् १९९८ को गृहयुद्धमा १ लाख ५० हजार र त्यसपछि इथियोपियासंग अलग हुन भएको युद्धमा करीब ४ लाख मानिसको ज्यान गएको थियो । यसैकारण इरिट्रियाको सरकारले यस्तो कानुन पारित गरेको थियो । यो कुरा सामाजिक सञ्जालमा पनि चर्चित बन्दै आएको छ ।
लगभग १७६०० वर्ग किलोमिटर क्षेत्रफल रहेको इरिट्रियाको पूरा नाम इरिट्रिया लालसागर हो । यो ढाकि र हनीश द्वीपसमूहमा सामेल छ । इरिट्रियाको पूर्वोत्तर र पूर्वी क्षेत्रमा साउदी अरब र यमनका साथ लाल सागरको समुद्री किनार छ । यो मुलुकको पश्चिम दक्षिणमा इथियोपिया र दक्षिण पूर्वमा सुडान अवस्थित छ ।
इरिट्रियन राष्ट्रपति इसाइस अफ्रिकी नेतृत्वको सरकारले एकभन्दा बढी पत्नी भित्रय्याउने कि जेलको हावा खाने भन्दै नीति बनाएपछि यो विषय निकै चर्चामा छ ।–एजेन्सी
भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस
|
0 comments: