शास्त्रअनुसार सपनालाई भविष्यमा हुने घटनाको संकेत मानिन्छ । रामायण वा महाभारतमा पनि सपनालाई आउने संकेतको रुपमा लिएको छ । भगवान रामले दशरथक...

news

भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस




शास्त्रअनुसार सपनालाई भविष्यमा हुने घटनाको संकेत मानिन्छ । रामायण वा महाभारतमा पनि सपनालाई आउने संकेतको रुपमा लिएको छ । भगवान रामले दशरथको मृत्युको समयमा एक अशुभ सपना देखेर अनुमान लगाएका थिए की राजभवनमा केही अशुभ हुँदैछ भनेर । रावणले पनि आफु मारिनु अघि सपनामा असुभ  संकेत देखेका थिए । बिभिन्न सूचकका आधारमा सपनाको संकेत छुट्याइएको हुन्छ । जान्नुहोस मृत्युको संकेत दिने भनिएका केही सपनाहरु :

 १.सपनामा काग देख्नु :  सपनामा काग देख्नुलाई असुभ फलदायी मानिन्छ । यसलाई मृत्युको संकेत पनि मानिदै आएको छ । यदि सपनामा काग देख्नुभयो भने तपाईले नजिकैको मानिस मुत्यु भएको आदि समाचारहरु सुन्नुपर्ने हुन्छ् ।
२.आफैलाई यात्रा गर्दै गरेको देख्नु : सपनामा आफैलाई यात्रा गर्दै गरेको देख्नु पनि त्यतिको राम्रो मानिदैन । कुनै नराम्रो घटना हुन सक्ने हुँदा जुन दिन सपना देखिएको छ त्यसै दिन यात्रामा जानु छ भने सकेसम्म यात्रा नै स्थगित गर्नु राम्रो मानिन्छ ।
 ३.बाजा बजाएको  वा कपाल मुण्डन गरेको देख्नु : सपनामा बाजा बजाएको  वा कपाल मुण्डन गरेको देख्नुलाइ राम्रो संकेत मानिन्न यदि आफ्नै मुण्डन गरेको देख्नुभयो भने त्यसले आफ्नै परिवारको सदस्यको मृत्युको संकेत गर्छ ।
४.सेतो फुलको माला लगाइदिनु :सपनामा कोही महिला आएर तपाईंलाई सेतो फूलको माला लगाइदिइन भने निकै असुभ हुने संकेतको रुपमा मानिन्छ ।
६.तेल लगाउनु वा गधाको सवारी देख्नु : सपनामा  तेल लगाउनु वा गधाको सवारी देख्नुलाई पनि मृत्युको सुचक मानिन्छ ।
७.सेतो बस्त्र र छरिएको खुल्ला कपालमा महिलालाई देखेमा : कुनै महिला सपनामा सेता वस्त्र र छरिएको कपालमा देखिइन भने यसलाई वियोगका सपना मानिन्छ ।

भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

0 comments: