भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस
एजेन्सी । भारतको उतर प्रदेशस्थित सहारनपुर जिल्ला चिलकाना टोलमा नवविवाहिता पत्नीलाई दाइजो कम ल्याएको भन्दै घरको छतबाट फ्यालिदिएको छ ।
गम्भिर घाइते भएकी उनका श्रीमानलाई प्रहरीले कारबाही अगाडी बढाएको छ । अंकित शर्मा नाम गरेका युवाको एक महिना पहिले पुजासँग विवाह भएको थियो । पुजाका माइतीले आफ्नो हैसियत अनुसार केटापक्षलाई सकेसम्म दाइजो दिएका थिए ।
अपर पुलिस अधीक्षक (ग्रामीण) जगदीश शर्माले चिलकानामा बस्ने अंकितले बिहेको एक हप्तादेखि नै पुजामाथि हिंसा ग्न थालेका थिए । दाइजो कम ल्याएको विवाद चलिरहेका बेला अंकितले पुजालाई मंगलबार साँझ घरको छतमा बोलाएका थिए । छतमा आएकी पुजालाई अंकितले तानेर धकेलिदिएपछि उनी गम्भीर घाइते भइन् ।
पुजा छतबाट सिधै जमीनमा बजारिन पुगिन् । आसपासका बासिन्दाले यो घटना देख्नेबित्तिकै पुलिसलाई सूचना दिए । घटना लगत्तै पुजालाई उपचारका लागि सहारनपुर जिल्ला अस्पतालमा भर्ना गरिएको छ । उतको अवस्था चिन्ताजनक रहेको छ ।
उनले पुलिसलाई बताए अनुसार बिहेफछि अंकित र उनका परिवारले थप दाइजोका लागि प्रताडित गर्न थालेका थिए । अंकितका परिवारले पुजाका माइतीसँग कार पनि दाइजोमा दिनुपर्ने माग गरेका थिए । जुन मागलाई पूरा गर्न नसक्दा पूजाले मृत्युको मुखमा पुग्नु परेको हो ।
पुलिस अधिकारीका अनुसार दाइजो तथा पुजाको हत्या प्रयासबारे पीडित परिवारले उजुरी दिएपछि छानबिन थालिएको छ ।
भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस
|
0 comments: