भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस
दिल्ली १९ चैत । दिल्ली सीमावर्ती नोएडाको सेक्टर–२० मा एक भारतीय चिकित्सककहाँ घरेलु कामदारका रुपमा कार्यरत दार्चुलाका जनार्दश ओझालाई हात्तीको दाह्राले टाउकोमा हिर्काएर मारिएको अवस्थामा भेटिएको छ ।
५५ वर्षीय ओझा २८ वर्षयता स्थानीय प्याथोलोजिस्ट डा. विक्रम हिंगोरोनीकहाँ काम गर्दै आएका थिए । नोएडा सेक्टर २० स्थित प्रहरी थानाका निरीक्षक अमरनाथ यादवका अनुसार गत शनिबार बिहान घरमा सजाएर राखिएको हात्तीको दाह्राले टाउकोमा हानेर हत्या गरिएको अवस्थामा ओझाको शव फेला परेको हो । आफू क्लिनकमा काम गर्न गएका बेला घटना भएको भन्दैं स्वयं डा. हिंगारोनीले प्रहरीमा जानकारी गराएका थिए । आजको कान्तिपुर दैनिकमा खबर छ ।
भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस
|
0 comments: