उच्च रक्तचाप आजको युगमा हुने मुत्युको प्रमुख कारणमध्ये मुख्य कारक तत्व हो । सामान्यतया यो रोग आधुनिक सभ्यता र औद्योगिकीकरणद्वारा सिर्जित मान...

you know thats

भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस


उच्च रक्तचाप आजको युगमा हुने मुत्युको प्रमुख कारणमध्ये मुख्य कारक तत्व हो । सामान्यतया यो रोग आधुनिक सभ्यता र औद्योगिकीकरणद्वारा सिर्जित मानसिक तनाव र जीवन शैलीमा परिवर्तनको नजिताको रुपमा रहेको छ । उच्च रक्तचाप हाई ब्लड प्रेसरएक खतरनाक रोगको संज्ञा दिइन्छ । नेपालमा दिन प्रतिदिन यो रोग बढ्दै गैरहेको पाइन्छ । नेपालका विभिन्न क्षेत्रमा गरिएको सर्वेक्षण अनुसार ठाउँ हेरिकन ५ देखि २० प्रतिशत जनतामा उच्च रक्तचाप भएको फेला परेको छ । यस रोगले कुनै पनि लक्षण नदेखाइकनै विरामीका प्रमुख अंगहरु मुटु, मिर्गौला, आँखा, दिमाग आदिलाई क्रमिक रुपले खतम पार्दै लान्छ र विरामीलाई मृत्युको मुखमा पु¥याउँदछ । यसै कारण उच्च रक्तचापलाई सुषुप्त हत्याराको संज्ञा दिइएको छ । तसर्थ उच्च रक्तचापको नियन्त्रण गर्न सके ठूलो खतराबाट जोगिन सकिन्छ । यस बिषयमा आज हामि तपाइलाई जानकारि दिन गइरहेका छौ ।
जीवनशैलीमा परिवर्तन
उच्च रक्तचाप मानसिक तनावग्रस्त आधुनिक जीवनशैलीको परिणाम हो । अति व्यस्त जीवन, उच्च आकांक्षा, असन्तोष, अत्याधिक कार्यबोझ आदिले रक्तचाप बढाउन मद्दत पु¥याउँछ ।
नूनको मात्रा घटाउने
उच्च रक्तचाप र नूनको प्रत्यक्ष सम्बन्ध छ । रक्तचाप घटाउन खाद्य पदार्थमा नूनको मात्रामा कटौती गर्नु अनिर्वायछ । एक स्वस्थ व्यक्तिले दैनिक १०–१५ ग्राम नूनको उपभोग गर्नु पर्दछ ।
मोटोपन घटाउने
धेरैजसो उच्च रक्तचाप भएका व्यक्तिको शारीरिक तौल आवश्यकभन्दा बढी हुन्छ । तौल घटाउनासाथ रक्तचाप पनि घट्छ । तौल घटाउने विभिन्न उपाय छन् तयसलाई अपनाउनु पदृछ।
योग गर्ने
मन र मस्तिष्क शान्त पार्न सके उच्च रक्तचाप पनि कम भएर जान्छ । योग अभ्यासको माध्यमबाट मन र मस्तिष्क शान्त पार्न सकिन्छ । स्वास्थ्य भनेकै शरीर र मस्तिष्कबीचको शान्तिपूर्ण सह–अस्तित्व हो ।
नियमित व्यायाम गर्ने
व्यायामले रक्तचाप घटाउन मद्दत पु¥याउँछ । हिँड्ने, विस्तारै कुद्ने, पौडी खेल्ने, साइकल चलाउने आदि जस्ता व्यायामले रक्तचाप नियन्त्रणमा सकारात्मक भूमिका रहन्छ। यी व्यायामहरु नियमित गर्ने बानी बसाल्नु पर्दछ ।
एकुप्रेसर चिकित्साको प्रयोग
रक्तचाप घटाउनमा यो चिकित्सा विधि अत्यन्त सफल मानिन्छ । यस विधिबाट सिस्टोलिक रक्तचाप तुरुन्त घट्दछ भने डायस्टोलिक रक्तचाप विस्तारै घट्दछ ।


भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

0 comments: