चैत्र १९, बिहीबार राती खोटाङमा एसएलसी परिक्षा दिँदै गरेकी एक छात्राको मृत्यु भएको छ । महेन्द्रोदय उच्च मावि परीक्षा केन्द्रबाट एसएसली दिँदै ...

news

भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस


चैत्र १९, बिहीबार राती खोटाङमा एसएलसी परिक्षा दिँदै गरेकी एक छात्राको मृत्यु भएको छ ।

महेन्द्रोदय उच्च मावि परीक्षा केन्द्रबाट एसएसली दिँदै गरेकी शान्ति उच्च मावि छोरम्बुकी छात्रा तुलसा माझीको मृत्यु भएको हो ।



प्रहरीले सामान्य ज्वरो आएपछि औषधि सेवन गर्दै अंग्रेजी विषयको परिक्षा दिएर फर्किएकी माझीको कोठामै मृत्यु भएको बताएको छ ।

स्थानीय शिक्षक दिपक पौडेलले पेट दुख्ने समस्याले च्यापेपछि स्थानीय स्वास्थ्यकर्मी बोलाएर सामान्य उपचार गरेको केही समयपछि छात्राको मृत्यु भएको जनाएका छन् ।

टाइफाइडका कारण छात्राको मृत्यु भएको हुन सक्ने जिल्ला शिक्षा कार्यालय खोटाङका शाखा अधिकृत मीनबहादुर थापाले जानकारी दिएका छन् ।

भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

0 comments: